कपिलवस्तुको चन्द्रौटामा लुकिछिपी बस्दै आएका पाकिस्तानी नागरिक पक्राउ | Khabarhub Khabarhub

कपिलवस्तुको चन्द्रौटामा लुकिछिपी बस्दै आएका पाकिस्तानी नागरिक पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलबस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा लुकिछिपी बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त सूचनाअनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले चन्द्रौटा बजारस्थित एक स्थानीयको घरमा बस्दै आएका पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानको मिरपुर खास जिल्ला घर भएका ३६ वर्षीय शैयद नोमान बसारद छन् । उनी चन्द्रौटास्थित रहिम मुसलमानको घरमा बस्दै आएका थिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपेश खरेलका अनुसार बसारद करिब ३ महिना अगाडि नेपाल आएका थिए । इन्सपेक्टर खरेलले उनी के कारणले नेपालमा बसेका थिए भन्ने विषय भने खुल्न बाँकी रहेको जानकारी दिए ।

‘हामीले चन्द्रौटामा एक पाकिस्तानी नागरिक लुकेर बसेका छन् भन्ने सूचना आएपछि खोजी गर्दा उनलाई फेला पारेका हौं,’ इन्सपेक्टर खरेलले खबरहबसँग भने, ‘अहिले उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।’

नियन्त्रणमा लिइएका पाकिस्तानी नागरिकलाई अहिले शिवराज नगरपालिकाअन्तर्गत पर्ने छाला कारखानामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु स्रोतले भने उनी माघ ७ गते पर्यटक भिसामा नेपाल आएको जानकारी दिएको छ । उनको भिसाको म्याद पनि आइतबार नै सकिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तु स्रोतले खबरहबलाई जानकारी दियो ।

पक्राउ परेका पाकिस्तानी नागरिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ४३ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा