ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग « Khabarhub

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले दुवैजनालाई कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन् ।

उता लेखक र ओली पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन् ।

शनिबार भक्तपुरको कटुन्जेबाट पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ।

उता भक्तपुरको गुन्डुस्थित निवासबाटै समातिएका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

उनलाई भर्चुअल माध्यमबाटै अदालतमा पेश गरिएको छ। अहिले यी दुईजनालाई म्याद लिनेबारे जिल्ला अदालतमा बहस भइरहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : ०१ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली