कपिलवस्तुको चन्द्रौटामा लुकिछिपी बस्दै आएका पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

कपिलवस्तुको चन्द्रौटामा लुकिछिपी बस्दै आएका पाकिस्तानी नागरिक पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलबस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा लुकिछिपी बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त सूचनाअनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले चन्द्रौटा बजारस्थित एक स्थानीयको घरमा बस्दै आएका पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानको मिरपुर खास जिल्ला घर भएका ३६ वर्षीय शैयद नोमान बसारद छन् । उनी चन्द्रौटास्थित रहिम मुसलमानको घरमा बस्दै आएका थिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपेश खरेलका अनुसार बसारद करिब ३ महिना अगाडि नेपाल आएका थिए । इन्सपेक्टर खरेलले उनी के कारणले नेपालमा बसेका थिए भन्ने विषय भने खुल्न बाँकी रहेको जानकारी दिए ।

‘हामीले चन्द्रौटामा एक पाकिस्तानी नागरिक लुकेर बसेका छन् भन्ने सूचना आएपछि खोजी गर्दा उनलाई फेला पारेका हौं,’ इन्सपेक्टर खरेलले खबरहबसँग भने, ‘अहिले उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।’

नियन्त्रणमा लिइएका पाकिस्तानी नागरिकलाई अहिले शिवराज नगरपालिकाअन्तर्गत पर्ने छाला कारखानामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु स्रोतले भने उनी माघ ७ गते पर्यटक भिसामा नेपाल आएको जानकारी दिएको छ । उनको भिसाको म्याद पनि आइतबार नै सकिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तु स्रोतले खबरहबलाई जानकारी दियो ।

पक्राउ परेका पाकिस्तानी नागरिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ४३ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र