पर्खाल नाघेर काठमाडौंस्थित जापानी दूतावास परिसरमा छिरेका विदेशी नागरिक पक्राउ « Khabarhub

पर्खाल नाघेर काठमाडौंस्थित जापानी दूतावास परिसरमा छिरेका विदेशी नागरिक पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित जापानी राजदूतावासको पर्खाल नाघेर अनधिकृत रुपमा दूतावास परिसरमा प्रवेश गरेका एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई चिनियाँ नागरिक बताउने ती विदेशी नागरिक काठमाडौंको पानीपोखरीमा रहेको जापानी राजदूतावासको पर्खाल नाघेर दूतावास परिसरमा पुगेका थिए । झण्डै ५ मिटर अग्लो पर्खाल नाघेर दूतावासको परिसरमा पुगेका उनलाई अनाधिकृत रुपमा प्रवेश गरेको देखेपछि दूतावासका सुरक्षाकर्मीले नेपाल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दूतावाससँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

महाराजगञ्ज वृत्तबाट प्रहरी निरीक्षक रवि थपलिया नेतृत्वमा खटिएको टोलीले उनलाई दूतावासबाटै पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगेको छ । प्रहरीले उनको स्वास्थ्य चेकजाँचपछि थप छानबिन गर्ने बताएको छ । प्रहरीले एम्बुलेन्स बोलाएर उनलाई त्रिवि शिक्षण अस्पताल लगेको छ ।

अग्लो पर्खाल नाघेर दूतावास परिसरमा पुगेका उनको शरीरका बिभिन्न भागमा चोटपटक समेत लागेको छ ।

उनी किन दूतावास परिसरमा प्रवेश गरे भन्ने थप छानविनपछि थाहा हुने प्रहरीले जनाएको छ । उनी आफैले चिनियाँ नागरिक भएको बताए पनि उनी चिनियाँ हुन् वा होइनन् भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म उनको साथबाट परिचय खुल्न कागजात समेत फेला पार्न नसकिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ५४ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र