सडकमा पैसा फालेर भाग्ने दुई महिलामा देखिएन कोरोना « Khabarhub

सडकमा पैसा फालेर भाग्ने दुई महिलामा देखिएन कोरोना


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुरको सडकमा पैसा छर्ने दुई महिलाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहका अनुसार सडकमा पैसा फाल्ने दुबै महिलाको पीसीआरबाट गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण नेगेटिभ आएको हो ।

जनकपुरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि र्‍यापिट डाइग्रोष्टिक टेष्ट आरडीटीबाट गरिएको परीक्षणमा भने एक महिलाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना परीक्षण गराएको थियो । आरडीटीबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रहरीले जनकपुरको प्रादेशिक अस्पताको आइसोलेनमा रोखेको थियो ।

शुक्रवार महावीर चोकमा पैसा छरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।

उनीहरु भाउजु र नन्द भएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बाटोमा पैसा फकेर हिँडेसँगै जनपुरमा त्रास फैलिएको थियो । महावीर चोकमा नेपाली रुपैयाँ छरेर फरार रहेका दुई जना सीसीटीभीमा देखिएपछि उनीहरुको तस्वीरसहित प्रहरी खोजीमा लागेको थियो ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ०३ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र