डा पुनबारे कपोकल्पित समाचार सम्प्रेषण गरियो– स्वास्थ्य मन्त्रालय « Khabarhub

डा पुनबारे कपोकल्पित समाचार सम्प्रेषण गरियो– स्वास्थ्य मन्त्रालय


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालका प्रमुख मेडिकल अधिकृत डा शेरबहादुर पुनको सम्बन्धमा कपोकल्पित समाचारहरु सम्प्रेषण भएको आरोप लगाएको छ ।

डा. पुनमाथि ‘कारबाही गरी मन्त्रालय’मा तानिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि मन्त्रालयले आइतबार आफ्नो धारणा सार्वजनिक गरेको हो ।

आइतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सहसचिव रघुराम विष्टले डाक्टर पुनलाई स्पष्टीकरण गरेको भनेर कपोकल्पित समाचार सम्प्रेषण गरिएको बताए ।

सहसचिव विष्टले डा पुनलाई काममा बाधा नपुग्ने गरी कोरोनाविरुद्धको सरकारको अभियानमा सघाउन आग्रह गर्दै मन्त्रालयमा बोलाएको पनि बताए ।

सञ्चारमाध्यममा आएजस्तो डाक्टर पुनलाई कारबाही गर्ने तयारी नभएको उनको भनाइ थियो । उनले डा पुन मन्त्रालयको पत्रपछि आजै मन्त्रालयमा उपस्थित भएको पनि बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ४८ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र