काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाबाट लकडाउन उल्लघंन गर्ने ३ सय ८५ महिला सहित १२ सय ३३ जनालाई पक्राउ गरेको छ ।
आइतबार विहान ६ बजे देखि बेलुका ६ बजेको समयावधिभित्र लकडाउन उल्लंघन गर्ने १ हजार २३३ जनालाई पक्राउ गरेको हो ।
यसै गरी ३ सय ५६ वटा दुई पाङ्ग्रे र ४ वटा चारपाङग्रे गरी ३ सय ६० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट सबैभन्दा बढि १३ सय ५९ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी ललितपुरबाट २ सय ६ र भक्तपुरबाट ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया