कोरोना कहर : मुसलमानले घरमै पढ्न थाले नमाज « Khabarhub

कोरोना कहर : मुसलमानले घरमै पढ्न थाले नमाज


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ । देशका विभिन्न स्थानका मस्जिदमा कोभिड–१९ संक्रमित मुसलमान लुकेर बसेको भन्ने सूचनाका आधारमा सो अनुगमन गरिएको हो ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने मुस्तफमा अनुगमन गरिएको हो । मस्जिदको अनुगमनमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, पूर्वसांसद अनारकली मियाँलगायतको सहभागिता थियो । अनुगमनका क्रममा मस्जिदमा मौलानामात्रै रहेको पाइएको प्रमुख पाण्डेले बताए ।

मुसलमानले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको उनको भनाइ छ । हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि कोरोना संक्रमणको त्रासपछि भने पूर्ण रुपमा बन्द रहेको मस्जिद व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन् ।

प्रमुख पाण्डेले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकाले संक्रमणको त्रास नभएको बताए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै