अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : मन्त्री खतिवडा « Khabarhub

अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : मन्त्री खतिवडा


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको स्पष्ट पारेको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यापार व्यवसाय प्रभावित रहेको अवस्थालाई दृष्टिगत गरी पूर्ववत् अवस्थामा ल्याउने र त्यसभन्दा अगाडि बढ्ने योजनामा बनाइएको बताए ।

अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री डा खतिवडाले भने, ‘सरकारले रिकभरीको योजना बनाउन थालेको छ । ‘विजनेस रिकभरी’का लागि प्रतिबद्धता भएको लगानी छिटो ल्याउने, नयाँ लगानीका लागि छिटो स्वीकृति दिने लगानी कार्यान्वयनमा देखिएका समस्या छिटो कार्यान्वयन गर्ने र पैसा बढी परिचालित हुने स्थिति सिर्जना गरी अनुत्पादन खर्चलाई कम गर्छौं ।’

सरकारले लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको भए पनि अन्तर्राष्ट्रिय आवागमन खोल्न सक्ने स्थिति भने अहिले नरहेको डा खतिवडाको भनाइ छ । उनले भने, ‘व्यावसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजानेतर्फ सोच्न थालिएको छ । त्यसमा हामीले गृहकार्य थालेका छौँ ।’

सरकारको कोष त्यति सहज अवस्थामा नभएको स्पष्ट पार्दै उनले राजश्वको वृद्धि लक्ष्यको तुलनामा निकै कम भएकाले आन्तरिक स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्रीले सरकारले उद्योगी व्यवसायीलाई कर, बैंकिङ सुविधा वा श्रम बजारको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कोरोनाले समग्र क्षेत्रमा पारेको प्रभावका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसमा निजी क्षेत्रसँगको सहकार्यमा पनि होओस् भन्नेमा आफू तयार रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय क्षेत्रलाई धेरै नाफा नखोज्न र उद्योगी व्यवसायीलाई सहुलियत दिनसमेत उनले ध्यानाकर्षण गराए।

लकडाउन खुल्ने बित्तिकै आन्तरिक पर्यटन बढ्ने र क्रमशः बाह्य पर्यटनसमेत बढ्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । कोरोना चुनौती मात्र नभई अवसरसमेत रहेको, कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र विभिन्न क्षेत्रमा विद्युतीय कारोवार तथा प्रणालीको विकासमा समेत सहयोग पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ३१ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको