कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार नाघ्यो « Khabarhub

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार नाघ्यो


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म १ लाख ६२ हजार ९६ जनाको मृत्यु भएको छ भने ६ लाख ७ हजार ३४२ जना निको भएका छन् ।

त्यस्तै २३ लाख ६१ हजार ४८२ जनालाई संक्रमण भएको छ भने विश्वमा ५४ हजार ५४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३९ हजार ८४ जाको मृत्यु भएको छ भने ७ लाख ४० हजार ९२८ जनालाई संक्रमण भएको छ ।

आजमात्रै त्यहाँ २ हजार १३६ नयाँ संक्रमित थपिएका छन् भने आजै ७० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा १३ हजार ५५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा २० हजार ४५३ जनाको ज्यान गएको छ भने १ लाख ९५ हजार ९४४ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ १५२८ नयाँ संक्रमित थपिएका छन् भने आज नै ४१० जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीका कोरोना भाइरसको महामारीका कारण २३ हजार २२७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १९ हजार ३२३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५१ हजार ७९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ४ हजार ५४३ जनाको ज्यान गएको छ भने १ लाख ४४ हजार ३४८ जनालाई संक्रमण भएको छ ।

आजमात्रै त्यहाँ ६२४ जना नयाँ संक्रमित थपिएका छन् भने ९ जनाको आजमात्रै मृत्यु भएको छ । त्यस्तै बेलायतमा १ लाख २० हजार ६७ जनालाई संक्रमण भएको छ भने १६हजार ६० जनाको ज्यान गएको छ ।

आज मात्रै त्यहाँ ५९६जनाको ज्यान गएको छ भने ५ हजार ८५० नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै बेल्जियममा अहिलेसम्म ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ३८ हजार ४९६ पुगेको छ ।

आज मात्रै त्यहाँ २३० जनाको ज्यान गएको छ भने आजै १ हजार ३१३ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ४१ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान