कोरोना भाइरस : विश्वभर ४८ लाख ८५ हजार संक्रमित, ३ लाख १९ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ४८ लाख ८५ हजार संक्रमित, ३ लाख १९ हजारको मृत्यु


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार ६१९ जनाको मृत्यु भएको छ ।

१७ लाख ९७ हजार ५२८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार १११ जनाको मृत्यु भएको छ । ८ लाख १८ हजार ९४७ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ । ४ लाख ५९ हजार ९७२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ८४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२० जनाको मृत्यु भएको छ । ८ हजार ६६३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९१५ जनाको मृत्यु भएको छ । १५ लाख ४९ हजार ३३४ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् भने २ हजार ७२२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : ३३ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार