दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् ।

कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि यही मे १३ मा गरिएको परीक्षणमा  संक्रमण पुष्टि भएको हो ।

दक्षिण सुडानमा अहिलेसम्म २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ०२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।