‘हाम्रो किबोर्ड’ एप प्रयोगकर्ताहरुको जिज्ञासामा सीईओ उप्रेतीले पारे स्पष्टता « Khabarhub

‘हाम्रो किबोर्ड’ एप प्रयोगकर्ताहरुको जिज्ञासामा सीईओ उप्रेतीले पारे स्पष्टता


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हाम्रो पात्रो’ संस्थापक सीईओ शंकर उप्रेतीले हाम्रो किवोर्ड एप्लिकेशन प्रयोगकताहरुको डाटा सुरक्षा आफूहरुको पहिलो प्राथमिकता भएको बताएका छन् ।

उनले प्रयोगकताहरुको डाटा सुरक्षा हाम्रो किबोर्ड टिम निरन्तर खटिरहेको जनाएका छन् ।

उनले एप्लिकेशन प्रयोगकर्ता नेपाली समूदायको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै पछिल्ला दिनहरुमा हाम्रो किवोर्डको डाटा कलेक्शन पोलिसीलाई लिएर आएका जिज्ञासाहरुमा केही स्पष्ट पारेका छन् ।

उनले प्रयोगकर्ताहरुको संवेदनशील र गोपनीय कुनै पनि जानकारीहरु नलिने स्पष्ट पार्दै केही सोधिएका प्रश्न र उत्तरहरु पढ्न अनुरोध गरेका छन् ।

के तपाईँहरु क्रेडिट कार्ड नम्बर र पासवर्डहरु पनि संकलन गर्नुहुन्छ ?

हाम्रो किवोर्ड एपले आफ्ना प्रयोगकर्ताहरुको सुचनाको गोपनीयता र डाटा सुरक्षालाई आत्मसाथ गरेको छ, यस विषयमा हामी गम्भीर छौं । हामी कदापी यहाँहरुका गोपनीयतासँग सम्बन्धीत संवेदनशील र व्यक्तिगत विवरणहरु जस्तै क्रेडिट कार्डको नम्बर, पासवर्ड लगायतहरु सम्झिने या संकलन गर्ने गर्दैनौं ।

हाम्रो किवोर्डले मेरो संवेदनशील डाटाहरु संकलन गरिरहेको हुनसक्ने चेतावनी मैले पाइरहेको हुन्छु ?

यसरी गुगलबाट प्रेषण गरिएको चेतावनी स्ट्याण्डर्ड वार्निङ संयन्त्रका मेसेजहरु हुन् । यस्ता वार्निङ मेसेजहरु हाम्रो किवोर्डमा मात्र नभई तेश्रो पक्षले निर्माण गरेका जुनसुकै विश्वस्तरिय एपमा देखाँउदछ, स्वीफ्ट की जस्तो अरबौं मान्छेहरुले प्रयोग गरेको विश्वव्यापी एपमा पनि यी मेसेजहरु गुगलले प्रेषित गर्दै आएको छ ।

यो एन्ड्रोइड सञ्चालन संयन्त्रको नै एउटा हिस्सा हो । हामी हाम्रो किवोर्डका तर्फबाट यहाँहरुका कुनै पनि व्यक्तिगत र संवेदनशील जानकारीहरु संकलन र सम्झना नगर्ने विषयमा सबै प्रयोगकर्ताहरुलाई पूर्णतः आश्वस्त पार्न चाहन्छौं ।

हाम्रो किवोर्डलाई गुगलको आधिकारिक प्लेस्टोरमार्फत रिलिज गरिएको छ जस्को आफ्नै कडा डाटा सुरक्षा र गोपनियता प्रावधान छ । यहाँहरुलाई हामी के पनि अवगत गराउन चाहन्छौं भने गुगल प्लेस्टोरले आवधिक रुपमा र निरन्तर पनि आफ्ना सबै एपहरुको डाटा सुरक्षा सुपरिवेक्षण गर्दछ । यसकारण पनि हामी हाम्रा सबै प्रयोगकर्ताहरुलाई आधिकारिक प्लेस्टोरबाट मात्र हाम्रा एपहरु डाउनलोड गर्न अनुरोध गर्न चाहन्छौं ।

सन् २०१४ मा नेपाली ट्वीटर प्रयोगकर्ताहरुको समूदायमा नेपाली भाषामा टाइप गर्न मिल्ने एप नभएको गुनासो आएपछि हाम्रो किवोर्ड रिलिज गरिएको हो । हाम्रो किवोर्ड आउनु अगाडि नेपाली टाइप गर्न हिन्दी किवोर्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

ट्वीटरका नेपाली प्रयोगकर्ताहरुसंग निकटरुपमा रहेर साधारण र बहूप्रयोग भएको किवोर्ड लेआउटमा हुने गरि हामीले हाम्रो किवोर्ड बिकास गरेका हौं । यसरी यहाँहरुकै अनुरोधमा कडा लगनका साथ शुरुवात भएको पहिलो नेपाली किवोर्ड हाम्रो किवोर्ड अहिले यहाँहरुले प्रयोग गर्दैआउनुभएको छ ।

आजका दिनसम्मको यात्रामा हामीले यसमा नेपाली शुभकामना कार्ड, थिम, स्टीकर्सहरु पनि थपेका छौं । हाम्रो किवोर्डले नेपाली भाषामा टाइप गर्न आज ५० लाख भन्दा बढि नेपाली प्रयोगकर्ताहरुसंग सहकार्य गरिरहेको छ, हरेक प्रयोगकर्ताहरुको माया र विश्वासका लागि हामी नतमस्तक छौं ।

थर्ड पार्टी किबोर्डमा एण्ड्रोइडको डिफल्ड सुरक्षा सन्देशले केही प्रयोगकर्ताहरुमा अन्योल खडा गरेको सीइओ उप्रेतीले बताएका छन् । उनले प्रयोगकर्ताहरुले प्रयोग गर्ने कुनैपनि ब्राण्डका एण्ड्रोइड फोनमा डिफल्ट किबोर्ड बाहेक Google को GBoard लगायत Swift जस्ता अन्य किबोर्ड एपमा समेत सेटिङका बखत Android le यस्ता खाले सन्देश अनिवार्य पठाउने गरेको बताएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ३५ बजे

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक