लिम्पियाधुरा समेटिएको नक्सा जारी गरिएकोमा मुख्यमन्त्री पौडेलद्वारा खुशी व्यक्त | Khabarhub Khabarhub

लिम्पियाधुरा समेटिएको नक्सा जारी गरिएकोमा मुख्यमन्त्री पौडेलद्वारा खुशी व्यक्त


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन् ।

सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताए ।

“आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनका रूपमा लेखिने छ । नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ । यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियताप्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउँछ । अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याका हिसाबले देश साना र ठूला होलान् तर सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने प्रधानमन्त्री ओलीको उद्धरण आज सिद्ध भएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

नक्सा जारीको विषयलाई लिएर प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकारको ऐतिहासिक निर्णयका लागि धन्यवाद व्यक्त गरेका हुन् ।

त्यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले गरेको निर्णयको प्रशंसा गरेका छन् । “अतिक्रमित भूमि जुन नक्सामा पनि गायव थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यो भूमि समेटेर बनाएको नक्सालाई नेपालको नक्साका रूपमा स्वीकृत गर्ने निर्णय गरेको छ । यो महत्वपूर्ण र ऐतिहासिक कार्यको लागि नेपाल सरकारलाई सलाम”, मन्त्री दुलालले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : १४ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौं- आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । 

एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि

मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराह्न

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम– छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक

आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात