कोरोना महामारीपछि अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति पुगेको राष्ट्र बैंकको ठहर « Khabarhub

कोरोना महामारीपछि अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति पुगेको राष्ट्र बैंकको ठहर


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीका कारण नेपालमा अहिलेसम्म १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा केही ठूला परियोजना बाहेक अधिकांश उद्योग, कल–कारखाना वन्द हुँदा दुई महिना हाराहारीमा १ खर्ब ६८ अर्बको क्षति भएको उल्लेख छ ।

कोरोनाले खानी तथा उत्खनन्, उत्पादन, होटेल तथा रेष्टुरेन्ट लगायत यातायात ठप्प रहेको तथा रेमिट्यान्स पनि ४ प्रतिशतले घटेको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिती अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

कोरोना भाइरसका नेपाली कामदार कार्यरत मुलुकमा पनि असर परेकाले अधिकांस कम्पनीहरु वन्द भएका कारण विदेशवाट आउने विप्रेषण (रेमिट्यान्स) घटेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन्।

चालु आर्थिक वर्षमा रेमिट्यान्स करिब १० प्रतिशत घट्ने अनुमान राष्ट्र बैंकले गरेको छ। ‍ यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म बजार भाउ पनि २.३ प्रतिशतले बढेको छ।

अघिल्लो आवको चैत मसान्तसम्म मूल्य वृद्धिदर ४.४४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधीमा ६.७४ प्रतिशत पुगेको हो।

राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिती भने ११.३ प्रतिशतले बढेको छ । गत आवको असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड विदेशी विनीमय सञ्चीती रहेकोमा चालु आवको चैत मसान्तसम्म ११ अर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो।

यस्तै मुलुक करिब दुई महिना लामो लकडाउनमा परे पनि विदेशी लगानी भने बढेको छ। राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनाका अवधीमा करिब १६ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : २६ बजे

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते