कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’ « Khabarhub

कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’ गरिने भएको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले लागू लकडाउन प्रभावकारी बनाउन भन्दै जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यसअघि २९ वैशाखदेखि जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । अब जेठ २० गतेसम्म नै जिल्ला सिल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

बैठकले तरकारी, खाद्यान्न र अतिआवश्कीय समान खरिद गर्ने समय पनि छोट्याउने निर्णय गरेको छ ।

सुरक्षा समितिका अनुसार सोमबार, बुधबार र शनिबार बिहान ७ देखि ९ बजेमात्र तोकिएको छ । यसअघि प्रत्येक दिन बिहान २ घण्टाको समय तोकिएको थियो ।

जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन र मानिसको आवतजावतलाई पुरै रोक लगाइएको छ ।  उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र निर्माणसँग सम्बन्धित सबै काम गर्न समेत रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा सोमबारसम्म ४३ जना कोरोना संक्रमित भेटिएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ३० बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा