कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’ « Khabarhub

कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’ गरिने भएको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले लागू लकडाउन प्रभावकारी बनाउन भन्दै जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यसअघि २९ वैशाखदेखि जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । अब जेठ २० गतेसम्म नै जिल्ला सिल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

बैठकले तरकारी, खाद्यान्न र अतिआवश्कीय समान खरिद गर्ने समय पनि छोट्याउने निर्णय गरेको छ ।

सुरक्षा समितिका अनुसार सोमबार, बुधबार र शनिबार बिहान ७ देखि ९ बजेमात्र तोकिएको छ । यसअघि प्रत्येक दिन बिहान २ घण्टाको समय तोकिएको थियो ।

जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन र मानिसको आवतजावतलाई पुरै रोक लगाइएको छ ।  उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र निर्माणसँग सम्बन्धित सबै काम गर्न समेत रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा सोमबारसम्म ४३ जना कोरोना संक्रमित भेटिएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ३० बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले