नेपालमा ४२ हजारले गरे कोरोनाको स्व-परीक्षण « Khabarhub

नेपालमा ४२ हजारले गरे कोरोनाको स्व-परीक्षण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा ४२ हजारभन्दा बढी मानिसले कोरोना भाइरसको स्व-परीक्षण गरेका छन् ।

सरकारको आधिकारिक वेबसाइट कोभिडनाइन्टिन डट एमओएचपी डट जीओभी डट एनपीमा ४२ हजार ११७ जनाले आफूमा कोरोना भए वा नभएको भनेर स्व-परीक्षण गरेको उल्लेख छ ।

यस्तै अनलाइनमार्फत फारम भरेकामा रेड जोन अर्थात् संक्रमणको सम्भावना रहेका मानिसको संख्या चार सय पाँच पुगेको मन्त्रालयले जनाएको छ ।

अनलाइन फारममा विभिन्न प्रश्नहरू सोधेर उत्तरको आधारमा संक्रमणको सम्भावनाका आधारमा उनीहरूको वर्गिकरण गरिन्छ ।

यदि कुनै व्यक्ति विदेशबाट आएको, संक्रमितलाई भेटेको वा संक्रमितको सम्पर्कमा आएको एवं लक्षणहरू देखिएको छ भने ती व्यक्तिलाई रेड जोनमा राखिदै आएको मन्त्रालयले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ०५ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय