सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जिल्ला फुटबल संघ अध्यक्ष थापा निलम्बनमा « Khabarhub

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जिल्ला फुटबल संघ अध्यक्ष थापा निलम्बनमा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघ र पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै ललितपुर जिल्ला फुटबल संघ अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गरेको छ ।

एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला संघ अध्यक्ष थापालाई आगामि साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

बैशाख २२ गते एन्फा डे का दिन शहीद स्मारक बी र सी डिभिजन क्लबहरुको भाइबर समुहमा एन्फा उपाध्यक्ष पंकज नेम्वाङले एन्फा डेको सुभकामना दिएका थिए ।

उक्त शुभकामनाको जवाफमा थापाले अपशब्द प्रयोग गरेका भन्दै एन्फाले बैशाख २४ गते थापासँग स्पष्टिकरण माग गरेको थियो भने बैशाख २६ गते थापाले स्पष्टिकरण एन्फालाई बुझाएका थिए ।

तर, उक्त स्पष्टिकरण चित्त बुझ्दो नआएको भन्दै अध्यक्ष थापालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष शेर्पा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा थापाले एन्फा विधानको उल्लघन गरेको भन्दै जेठ ५ गतेदेखि लागु हुनेगरि निलम्बन गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : १३ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स