सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जिल्ला फुटबल संघ अध्यक्ष थापा निलम्बनमा « Khabarhub

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जिल्ला फुटबल संघ अध्यक्ष थापा निलम्बनमा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघ र पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै ललितपुर जिल्ला फुटबल संघ अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गरेको छ ।

एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला संघ अध्यक्ष थापालाई आगामि साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

बैशाख २२ गते एन्फा डे का दिन शहीद स्मारक बी र सी डिभिजन क्लबहरुको भाइबर समुहमा एन्फा उपाध्यक्ष पंकज नेम्वाङले एन्फा डेको सुभकामना दिएका थिए ।

उक्त शुभकामनाको जवाफमा थापाले अपशब्द प्रयोग गरेका भन्दै एन्फाले बैशाख २४ गते थापासँग स्पष्टिकरण माग गरेको थियो भने बैशाख २६ गते थापाले स्पष्टिकरण एन्फालाई बुझाएका थिए ।

तर, उक्त स्पष्टिकरण चित्त बुझ्दो नआएको भन्दै अध्यक्ष थापालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष शेर्पा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा थापाले एन्फा विधानको उल्लघन गरेको भन्दै जेठ ५ गतेदेखि लागु हुनेगरि निलम्बन गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : १३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका