काठमाडौं – स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म त्यहाँ पछिल्लो २४ घण्टामा थप ४६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७८ हजार १८८ पुगेको हो ।
एकै दिन ५९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७०९ पुगेको छ । १ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५३ हजार ५२१ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया