बुबासँगै आइसोलेसनमा राखेका युवामा कोरोना संक्रमण « Khabarhub

बुबासँगै आइसोलेसनमा राखेका युवामा कोरोना संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- इटहरी बसेर धरानमा पढ्ने एक युवामा कोरोना संक्रमण भेटिएको छ। केही दिनअघि ज्वरो आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना पाइएको हो।

इटहरी २ का १८ बर्षीय ती युवा बुवासँगै आइसोलेसन वार्डमा राखिएका थिए। ज्वरो आएपछि इटहरीस्थित एक मेडिकल पुगेका उनलाई डाक्टरले धरान पठाएका थिए। धरानमा पुग्ने बित्तिकै उनलाई बुवासहित नै आइसोलेसन वार्डमा पठाइएको थियो।

यस्तै, सुनसरीकै पश्चिम कुसाहमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। यसअघि सुनसरीको गढी गाउँपालिकाको क्वारेन्टाइनम बसेका युवामा कोरोना देखिएको थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै