सांसदले दिएको सकारात्मक सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

सांसदले दिएको सकारात्मक सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री (भिडियोसहित)


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको जिज्ञासा र सुझावलाई आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रमको छलफलका क्रममा माननीय सांसदहरुले उठाएका कुरा र जिज्ञासाले मेरो गम्भीर ध्यानाकषर्णण् भएको छ । यी विषयलाई आगामी बजेट तथा अन्य कार्यक्रममा समावेश गरिने छ ।’

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्रयास कोरोनाका कारणले वा कोरोना संक्रमितको अबस्थामा ज्यान गुमाउन नपरोस् भन्ने रहेको दाबी गरेका छन् ।

नेपालमा कोरोनाका कारण दुईजनाको निधन भएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका दुबैजनामा कोरोनाबाहेक अरु कारण समेत रहेको दाबी गरे ।

उनले विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार कोरोना लागेका कसैको अन्य कारणले निधन भएपनि कोरोनाकै कारण निधन भएको मानिने भएका कारण नेपालमा दुईजनाको ज्यान गएको दाबी गरे ।

उनले क्वारेन्टाइनलाई प्रभावकारी बनाउने, आइसोलेसनमा राख्नेहरुलाई राम्रो उपचार प्रवद्र्धन गर्ने बताए । क्वारेन्टाइनको साधाराण क्षमता ५७ हजार बढि रहेको भन्दै मानिसहरु समेत नराखिएका कारण ३० हजार अलि गुणस्तरीय रहेको बताए । उनले क्षमताअनुसारको क्वारेन्टाइनमा मानिसहरु नराखिएको बताए ।

कोरोनासँग लड्ने विश्वमा कसैसँग समेत क्षमता नभएको र कोरोनाको उद्गमस्थल अहिलेसम्म चीन रहेको भएपनि नेपालमा देखापरेपछि ३ सय ७७ जना नेपालभित्र संक्रमित भएको बताए ।

उनले अझै बढ्नसक्ने भन्दै बाहिरबाट आउने व्यक्तिहरु स्रोत भएको र बाहिरबाट आएकालै नेपाली नागरिकलाई सारेको देखिएको बताए ।

उनले भने,‘भारतबाट आएका संक्रमितको संख्या ठुलो रहेको छ, कोही लुकेर बस्ने, कोही समुदायमा जाने भएका कारण अलि गम्भिर देखिएको छ । यसप्रति सजगता अपनाउनुपर्नेछ । ’

नेपालमा अहिलेसम्म आइसोलेशन ३ हजार ३ सय ७ जनाको क्षमता रहेको र एक लाख २ हजार ८३ जनाको परीक्षण गरेको र ३२ हजारको पिसिआर विधिबाट परीक्षण गरेको बताए ।

यसअघि देखिएको भाइरसभन्दा अहिले भारतबाट आएका व्यक्तिमा देखिएको संक्रमण खतरनाक देखिएको छ ।

विश्वका अन्य देशबाट नेपाल आएकाहरुमा तुलनामा भारतबाट आउने नेपाली संक्रमितको अबस्था गम्भिर रहेको र भाइरस बढि खतरनाक देखिएको छ ।

विश्वका विभिन्न देशको संक्रमितको संख्या संसदमा बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका, चीन लगाएतमा रहेको कोरोना संक्रमितको आँकडा पेस गरे ।

प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन हेर्नुहोस्

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : १५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको