राष्ट्रियता सानो र ठूलो हुँदैन : प्रधानमन्त्री « Khabarhub

राष्ट्रियता सानो र ठूलो हुँदैन : प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता कसैको सानो र ठूलो नहुने बताएका छन् । आजको संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रियताको सवालमा सबै राष्ट्र समान हुने बताए ।

उनले देशको राष्ट्रियताको सवालमा कसैले औला उठाउन नसक्ने बताए।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । उनले हरेक राष्ट्रको आफ्नै स्वाभिमान हुने धारणा राखे ।

कतिपय बुद्धिजिबीले छिमेकीको इशारामा सरकार फेरिने टिप्पणी गरेको भन्दै उनले भने ‘यो सरकार नेपाली जनताले बनाएको हो । कुनै विदेशको इशारामा ढल्दैन ।’

साथै उनले नेपालमा अब कुनै तानाशाह आउने सम्भावना नरहेको बताए । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्रधानमन्त्री ओलीले अहिलेको सरकारले छानबिन गर्न थालेपछि केशहरु देखिएको टिप्पणी गरे । भ्रष्टाचारीलाई छानबिन र कार्वाही गर्ने काम अगाडी बढ्दै जाने उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने पनि बताए ।

प्रधानमन्त्री ओली आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने बताए।

‘केहीले भनेको सुनियो- गइसक्या थियो फलाना देशका राजदूतले भूमिका खेलेर अड्याइदियो,’ प्रधानमन्त्री ओलीले भने,‘अहिले नेपाली जनताको स्वाभिमानमाथि यस्ता निम्छरा बचन नबोल्दिए राम्रो हुन्थ्यो। यो सरकार नेपाली जनताबाट बनेको हो कुनै देशको आशिर्वाद टिक्ने र ढालिने कल्पना नगरे हुन्छ।’

उनले सरकार ढलोस् भनेर कसैले इच्छा गर्न पाइने तर त्यस्तो इच्छा पूरा नहुने बताए।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : २५ बजे

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र