आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजको बैठकले पारित गरेको हो ।

सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि आज बहुमतले पारित भएको छ ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्नै आइरहेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो।

नीति तथा कार्यक्रम प्रतिनिधि सभामा ४ गते ३९ र ५ गते ६७ गरी जम्मा १०६ जना सांसदले छलफलमा भाग लिएका थिए।

सांसदले उठाएका प्रश्नमाथि प्रधानमन्त्री ओलीले आज जवाफ दिएपछि पारित गरिएको हो।

नीति तथा कार्यक्रम पारित हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएका सवालको जवाफ दिएका थिए ।

प्रतिनिधिभसभाको अर्काे बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ३ : १६ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा