काठमाडौंमा ८१ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ, उनीहरुको अवस्थाबारे मन्त्रालय बेखबर « Khabarhub

काठमाडौंमा ८१ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ, उनीहरुको अवस्थाबारे मन्त्रालय बेखबर


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको कोरोना परीक्षणको रिपोर्ट सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमाफर्त मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले काठमाडौंका विभिन्न स्थानमा प्रयोगशाला परीक्षण  (पीसीआर) र र्‍यापिडड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणको नजिता सार्वजनिक गरेका हुन ।

प्रवक्ता डा देवकोटाका अनुसार २ हजार २ सय ३६ जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

डा देवकोटाका अनुसार कालीमाटि क्षेत्रमा आरडीटी विधिबाट ७ सय नमूना परीक्षण गरिएकोमा ३ जनामा आरडीटीको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सोही क्षेत्रमा पीसीआर विधिबाट ३ सय ३४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए ।

यस्तै काठमाडौं उपत्यकामा सरसफाइका कर्मचारीहरुको ६ सय ६४ जनाको आरडीटी विधिबाट गरिएको परिक्षणमा ३१ जनामा पोजेटिभ आएको छ । यस्तै २ सय ६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएका छ ।

यस्तै गोंगबु क्षेत्रमा ४ सय २० जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा १५ जनाको नमूना पोजेटिभ आएको छ । यस्तै सो क्षेत्रमा पीसीआर विधिबाट १ सय ७२ कोरोना परीक्षणको लागि नमूना संकलन गरिएको तर रिपोर्ट भने आउन बाँकी रहेको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै भृकुटीमण्डम क्षेत्रमा ४ सय ५२ जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । डा देवकोटाका अनुसार २ सय ४६ वटा पीसीआर विधिबाट गरिएको परीक्षणको नमूना आउन बाँकी छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आरडीटी विधिबाट पोजेटिभ देखिएका ८१ जनाको अवस्थाबारे भने कुनै जानकारी नभएको बताए ।

डा देवकोटाले भने, ‘आरडीटी पोजेटिभ आएकाहरुको फेरी पीसीआर विधिबाट पनि परीक्षण हुन्छ, आरडीटी पोजेटिभ आउँदैमा आइसोलेट गरेको जानकारी चाँही छैन । उनीहरुको कन्ट्रयाक ट्रेसिङ भए वा नभएको मलाई कुनै जानकारी आएको छैन ।’

आरडीटी परीक्षणको रिपोर्टबारे जानकारी नगराउने तर परीक्षणको क्रम भने नरोकिएको भन्दै विरोध भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबारको लाइभ अपडेटमा भने काठमाडौं उपत्यकामा गरिएको आरडीटी परिक्षणको पनि नतिजा सार्वजनिक गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले आरडीटीमा पोजेटिभ देखिएकाहरुको संख्या बताए पनि उनीहरुको अवस्थाबारे कुनै जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ५ : ४४ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका