कोरियन क्लबले प्रशंसकसँग माग्यो माफी « Khabarhub

कोरियन क्लबले प्रशंसकसँग माग्यो माफी


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दर्शक विनाको खाली रंगशालामा सेक्स डल राखेर फुटबल खेलाइएको भन्दै चौतर्फी आलोचना भएपछि दक्षिण कोरियाली फुटबल टिम एफसी सउलले माफी मागेको छ ।

लिग क्लबले जारी सिजनको आइतबार गोन्जाओस्थित आफ्नो घरेलु मैदान भएको खेलमा रंगशाललामा सेक्स डल राखेको थियो ।

उक्त तस्बीर भाइरल बनेपछि क्लबका प्रशंसकको आलोचना भएपछि सउल एफसीले सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राममार्फत माफी मागेको हो ।

सउल एफसीले पुरुषको आकार भएको भन्दा महिलाको आकारमा रहेका डलको धेरै प्रयोग गरेको भन्दै प्रशंसकले उक्त कदमको आलोचना गरेकाथिए ।

नोबेल कोरोना भाइरसका कारण फ्रेब्रुअरी २९ देखि अवरुद्ध लिग केही दिन अगाडिमात्रै पुनः सूचारु भएको हो । कोरोना भाइरसको जोखिमका कारण मान्छेहरुलाई रंगशाला प्रवेश निषेध गरिएको छ ।  क्लबले १७ मे मा उक्त डलहरु राखिएको स्वीकार्दै सो कामबारे माफी मागेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : ०६ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका