लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने « Khabarhub

लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताएका हुन्। विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने उनले बताए।

‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं,’ उनले भने।

यसरी जाँच गरिएपछि पीसीआर परीक्षणको दायरा बढ्ने लक्ष्य लिएको देवकोटाको भनाइ छ। उनका अनुसार कोरोना परीक्षण गर्न चाहनेले न्यून शुल्कमा जाँच गर्न पाउने छन्।

यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ४९ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल