फोहर उठाउन समस्या भएपछि कोभिड–१९ को परीक्षण | Khabarhub Khabarhub

फोहर उठाउन समस्या भएपछि कोभिड–१९ को परीक्षण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहर प्रभावित क्षेत्रका ४७२ जना स्थानीयको आज कोरोना परीक्षण गरिएको छ ।

ककनी गाउँपालिकाले सिसडोल आसपासका नागरिकको कोरोना परीक्षणको माग राख्दै उपत्यकाको फोहर लाननै रोक लगाएपछि कामपाले आज परिक्षण गरेको हो । सिसडोलका स्थानीयले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी सोमबार काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।

काठमाडौँ महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराइएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० र भवानी माविबाट १५२ गरी ४७२ जनाको परीक्षण गरिएको हो ।
यसमध्ये स्वास्थ्य चौकीमा १४० को आरडीटी र ५० को पीसीआर विधि र भवानी माविबाट १८० को आरडीटी र १०२ जनाको पीसीआर विधिबाट परीक्षण गराइएको थियो ।

वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङको धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौँको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीय सहभागी थिए। परीक्षणको नतिजा भने भोलि आउने छ ।

कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हुँदा अब त्यहाँ स्थानको पनि अभाव भइसकेको छ । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ३३ बजे

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २

कर्णाली करिडोरमा दिगो वन व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

घोडाघोडी– कैलालीको कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम

नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं– नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको

विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका