तीन सय आइसोलेशन शय्या थप्ने प्रदेश सरकारको निर्णय « Khabarhub

तीन सय आइसोलेशन शय्या थप्ने प्रदेश सरकारको निर्णय


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेशमा कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले तीन सय पाँच आइसोलेशन शय्या थप्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको आज सम्पन्न बैठकले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा गरी तीन सय पाँच आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ ।

हाल सञ्चालनमा रहेको कोरोना अस्पतालको आइसोलेशन श्ययाका अतिरिक्त सिरहा अस्पतालमा ५०, सिरहा अस्पतालको मातहतमा रहने गरी महेन्द्र गेनाई अस्पतालमा ३०, गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इन्स्टिच्युटमा ३०, पोखरिया अस्पताल पर्सामा २५, भारदह अस्पतालमा सप्तरीमा ५०, मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० र बर्दिवास अस्पतालमा ५० श्यया थप गर्ने निर्णय गरेको छ ।

बैठकले आरटी पिसिआर ल्याब स्थापना तथा सञ्चालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैका पूर्वनिर्देशक डा राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेशन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित एवं शङ्कास्पदहरुको खाना तथा खाजाको प्रदेशस्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ११ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर