तीन सय आइसोलेशन शय्या थप्ने प्रदेश सरकारको निर्णय « Khabarhub

तीन सय आइसोलेशन शय्या थप्ने प्रदेश सरकारको निर्णय


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेशमा कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले तीन सय पाँच आइसोलेशन शय्या थप्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको आज सम्पन्न बैठकले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा गरी तीन सय पाँच आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ ।

हाल सञ्चालनमा रहेको कोरोना अस्पतालको आइसोलेशन श्ययाका अतिरिक्त सिरहा अस्पतालमा ५०, सिरहा अस्पतालको मातहतमा रहने गरी महेन्द्र गेनाई अस्पतालमा ३०, गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इन्स्टिच्युटमा ३०, पोखरिया अस्पताल पर्सामा २५, भारदह अस्पतालमा सप्तरीमा ५०, मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० र बर्दिवास अस्पतालमा ५० श्यया थप गर्ने निर्णय गरेको छ ।

बैठकले आरटी पिसिआर ल्याब स्थापना तथा सञ्चालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैका पूर्वनिर्देशक डा राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेशन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित एवं शङ्कास्पदहरुको खाना तथा खाजाको प्रदेशस्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ११ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा