स्पेनिस ला लिगामा रियल मड्रिड विजयी, करिम बेन्जेमाको २ गोल « Khabarhub

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी, करिम बेन्जेमाको २ गोल


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत दर्ता गरेको छ ।

विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।

रियलको जीतमा करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जीत सुनिश्चित गरे । जीतसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ ।

रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ४४ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि