स्वास्थ्य सम्बन्धी समस्या जाँच्न मिल्ने ‘मोबाइल एप’ बनाउन आह्वान « Khabarhub

स्वास्थ्य सम्बन्धी समस्या जाँच्न मिल्ने ‘मोबाइल एप’ बनाउन आह्वान


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले मानव स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुको जाँच गर्न मिल्ने मोबाइल एप्लिकेशन बनाउन आह्वान गरेका छन् ।

उनले बिरामी आफैले आफ्नो मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा तथा रक्तचाप जाँच्न सक्ने र सोझै डाक्टरहरुलाई पठाउन सक्ने खालको एप्लिकेशन बनाउन आह्वान गरेका हुन् ।

उनले यस्ता स्वास्थ्य सम्बन्धी महत्वपूर्ण संकेत जाँच्न मिल्ने एप कोरोना महामारीमा पनि धेरै उपयोगी हुनसक्ने जनाएका छन ।

यस्तो मोबाइल एप्लिकेशन बनाउनको लागि अनुसन्धान गर्न चाहिने आवश्यक खर्च राष्ट्रिय आविस्कार केन्द्रले उपलब्ध गराउने समेत बताएका छन् ।

यसको लागि कम्तिमा चार जनाको टिम मिलेर छोटो अवधारणा पत्र [email protected] इमेलमा पठाउन सकिने समेत उनले बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ०९ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५