थाहा पाउनुहोस् क्वारेन्टिनमा बस्दा पालन गर्नुपर्ने नियम « Khabarhub

थाहा पाउनुहोस् क्वारेन्टिनमा बस्दा पालन गर्नुपर्ने नियम


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि यसबाट विश्वका २१५ देश आक्रान्त छन ।

नेपालमा समेत कोरोनाको संक्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ भने करीब ७ हजार ८४८ जना संक्रमित छन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कोरोना प्रभावित देशबाट आएका वा शकास्पद संक्रमितले १४ दिनसम्म घर वा अन्य सेल्फक्वारेन्टिनमा बस्नु पर्दछ । तर कतिपय मानिसमा सेल्फक्वारेन्टिनमा रहँदा के गर्ने भन्नेबारे अन्यौल हुनसक्छ । तसर्थ सेल्फक्वारेन्टिनमा बस्ने ब्यक्तिले यि १५ बिषयमा ध्यानपुर्याउनु आवश्यक हुन्छ ।

१. आफु बस्ने कोठामा भेन्टिलेसन हुनु पर्दछ ।

२. कोठामा एक्लै बस्नु पर्दछ । सम्भवनभए संगैको ब्यक्तिबाट १ मिटरको दुरी हुनु पर्दछ ।

३. सेल्फक्वारेन्टिनमा बस्ने मानिसले प्रयोग गर्ने वाथरूम शौचालय अलग्गै हुनु पर्दछ ।

४. आफु बस्ने कोठा, बाथरुम र शौचालय आफैं सफागर्नु पर्दछ ।

५. घरभित्रका साझा स्थलहरुमा आवातजावत सीमित हुनु पर्दछ । सकेसम्म जानु हुदैन ।

६. अस्पतालबाहेक अरु जुनै कामले पनि घर बाहिर जानु हुदैन ।

७. दैनिक पटक पटकसाबुन र पानीले मिचीमिची २० सेकेन्डसम्म हातधुनु पर्दछ ।

८. हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नु पर्दछ ।

९. हातनधोइ आँखा, नाक र मुख छुनु हुदैन ।

१०. आफुले प्रयोगगर्ने भाडाकुडा, कपडा तथाअन्य सामग्री एकलौटी प्रयोग गर्नुपर्दछ ।

११. कुनै ब्यक्तिको पनि प्रत्यक्ष सम्पर्कमा रहनु हुदैन । कसैलाई छुनु हुदैन ।

१२. केहि गरी अन्य व्यक्तिको सम्पर्कमा आउनु पर्दा १ मिटरको दूरीमा रहनु पर्दछ ।

१३. खोक्दावा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नु पर्दछ ।

१४. टिस्यु, मास्क वा अन्य वस्तु उपयोगहिन भएपछि सहि स्थानमा बिर्सजन गर्नु पर्दछ ।

१५. रुमाल वा पूनः प्रयोग गर्न मिल्ने कपडा राम्रो स्यानिटाइज गरेर मात्रप्रयोग गर्नुपर्दछ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : ३० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी