थाहा पाउनुहोस् क्वारेन्टिनमा बस्दा पालन गर्नुपर्ने नियम « Khabarhub

थाहा पाउनुहोस् क्वारेन्टिनमा बस्दा पालन गर्नुपर्ने नियम


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि यसबाट विश्वका २१५ देश आक्रान्त छन ।

नेपालमा समेत कोरोनाको संक्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ भने करीब ७ हजार ८४८ जना संक्रमित छन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कोरोना प्रभावित देशबाट आएका वा शकास्पद संक्रमितले १४ दिनसम्म घर वा अन्य सेल्फक्वारेन्टिनमा बस्नु पर्दछ । तर कतिपय मानिसमा सेल्फक्वारेन्टिनमा रहँदा के गर्ने भन्नेबारे अन्यौल हुनसक्छ । तसर्थ सेल्फक्वारेन्टिनमा बस्ने ब्यक्तिले यि १५ बिषयमा ध्यानपुर्याउनु आवश्यक हुन्छ ।

१. आफु बस्ने कोठामा भेन्टिलेसन हुनु पर्दछ ।

२. कोठामा एक्लै बस्नु पर्दछ । सम्भवनभए संगैको ब्यक्तिबाट १ मिटरको दुरी हुनु पर्दछ ।

३. सेल्फक्वारेन्टिनमा बस्ने मानिसले प्रयोग गर्ने वाथरूम शौचालय अलग्गै हुनु पर्दछ ।

४. आफु बस्ने कोठा, बाथरुम र शौचालय आफैं सफागर्नु पर्दछ ।

५. घरभित्रका साझा स्थलहरुमा आवातजावत सीमित हुनु पर्दछ । सकेसम्म जानु हुदैन ।

६. अस्पतालबाहेक अरु जुनै कामले पनि घर बाहिर जानु हुदैन ।

७. दैनिक पटक पटकसाबुन र पानीले मिचीमिची २० सेकेन्डसम्म हातधुनु पर्दछ ।

८. हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नु पर्दछ ।

९. हातनधोइ आँखा, नाक र मुख छुनु हुदैन ।

१०. आफुले प्रयोगगर्ने भाडाकुडा, कपडा तथाअन्य सामग्री एकलौटी प्रयोग गर्नुपर्दछ ।

११. कुनै ब्यक्तिको पनि प्रत्यक्ष सम्पर्कमा रहनु हुदैन । कसैलाई छुनु हुदैन ।

१२. केहि गरी अन्य व्यक्तिको सम्पर्कमा आउनु पर्दा १ मिटरको दूरीमा रहनु पर्दछ ।

१३. खोक्दावा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नु पर्दछ ।

१४. टिस्यु, मास्क वा अन्य वस्तु उपयोगहिन भएपछि सहि स्थानमा बिर्सजन गर्नु पर्दछ ।

१५. रुमाल वा पूनः प्रयोग गर्न मिल्ने कपडा राम्रो स्यानिटाइज गरेर मात्रप्रयोग गर्नुपर्दछ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : ३० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल