नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘भिडिओ कन्फरेन्स’ जारी « Khabarhub

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘भिडिओ कन्फरेन्स’ जारी


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको भिडियो कन्फरेन्स सुरू भएको छ ।

भिडियो कन्फरेन्समा सहभागी नेकपाका नेतचाहरू नेकपाको पार्टी कार्यालय धुम्बराहीबाट भिडिओ कन्फरेन्समा सहभागिता जनाएका छन् ।

भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरू सहभागी छन्।

त्यस्तै सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी रहेको नेकपाले जनाएको छ।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

अनुभव आदानप्रदान गर्नका लागि नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले संयुक्तरूपमा भिडिओ कन्फरेन्स शुरू गरेका हुन्।

नेताहरूले समूह बनाएर कन्फरेन्समा भाग लिइरहेको नेकपाले जनाएको छ। दुवै देशका नेताहरूबीच विविध विषयमा सूचना आदानप्रदान गर्नेदेखि लिएर पार्टी निर्माण कसरी बलियो बनाउन सकिने भन्ने विषयमा छलफल हुने कार्यक्रम छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ३ : १२ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट