नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुग्यो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार  २७४पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एकजना महिला, मोरङकी एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एक महिला र १० जना पुरुष, सप्तरीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एक महिला र ६ जना पुरुष, बाग्लुङका २ महिला र १६ पुरुष, बैतडीका ७ जना महिला र ५६ जना पुरुष, बझाङका एक महिला र २ जना पुरुष, बाजुराका ८ जना पुरुष, डडेल्धुराका ९ जना पुरुष र धादिङकी एकजना महिला, डोटीका ३ महिला र १२ पुरुष, गोरखाका एक महिला र १० जना पुरुष, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका एक महिला र एक पुरुष, काठमाडौंका २ महिला र एक पुरुष, मकवानपुरका ३ महिला, मोरङका एक महिला, म्याग्दीका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, सिन्धुपाल्चोकका १० जना महिला र ११ जना पुरुष, तनहुँका ३ महिला र १६ पुरुष, पर्वतका ३ महिला र २ पुरुष, उदयपुरका २ महिला, सिन्धुलीकी एक महिला र चितवनकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरकी एक महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बैतडीको एक महिला र ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासी पुर्वका २ महिला, स्याङ्जाका एक पुरुष र बाग्लुङका २ महिला र ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना पुरुष, स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुल्मीका १६ महिला र ७८ पुरुष, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका एकजना पुरुष र रुपन्देहीका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, कैलालीका २ महिला र एक पुरुष, कंचनपुरका एक महिला र १९ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४०२पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ४ : २४ बजे

मेची भन्सारको सेवा सुचारु

झापा– जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले

नेपालको जेन-जी आन्दोलनबारे के भन्छन् बलिउड सेलेब्रिटी ?

काठमाडौं– नेपालमा हालै जेन-जेड युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।