बर्नलीसँग नर्विच सिटी पराजित « Khabarhub

बर्नलीसँग नर्विच सिटी पराजित


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सीमित नर्विचविरूद्ध २-० को सहज जीत हात पार्‍यो ।

घरेलु मैदानमा नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो । खेलको ३५औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

४५औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो ।

जसको फाइदा बर्नलीले उठाउँदै पहिलो हाफको इन्जुरी समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८०औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २-० ले विजयी भयो ।

जीतसँगै ५४ अंक जोडेर बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ । नर्विज भने रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ४२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि