तनहुँमा एक वर्षमा छ चितुवाको मृत्यु, आठको उद्धार | Khabarhub Khabarhub

तनहुँमा एक वर्षमा छ चितुवाको मृत्यु, आठको उद्धार


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी छ चितुवाको मृत्यु भएको जनाएको छ ।

सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको वन कार्यालयलय जनाएको छ ।

यस्तै भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ ।

चार वटा रतुवा मृग र एक अजिङ्गरको पनि जीवितै उद्धारपछि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक/एक रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

चितुवाको आक्रमणमा ६ को मृत्यु

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी  छ बालबालिकाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक जना गरी छ जनाको मृत्यु भएको हो । चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरु घर फर्किसकेका छन् ।

नेपाल सरकारले चितुवाबाट मृतकका परिवारलाई १० लाखका दरले र घाइतेलाई दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो ।  चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले जानकारी दिए ।

वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उनले बताए ।

चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना रहेको उनले बताए ।

५९ पशुधनको क्षति

डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा चितुवा आक्रमणबाट ४८ वटा घटनामा ५९ पशुधनको क्षति भएको छ ।

भेडा/बाख्रा ३६, गाई आठ, सुगुँर/बँगुर छ र भैँसी दुईको क्षति भएको हो । पशु क्षतिमा परेका परिवारलाई दुई लाख १८ हजार ५०० राहत वितरण गरिएको प्रमुख बरालले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ३८ बजे

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ

कञ्चनपुरमा आगलागीबाट एक लाख बराबरको धनमाल जलेर नष्ट

कञ्चनपुर– कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने बिन्तिराम चौधरीको गोठमा मंगलबार बिहान आगलागी हुँदा

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको

एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ