मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११:५० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे १० प ९८२६ नम्बरको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गरिएको छ ।

मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन् । उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : २२ बजे

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको