मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११:५० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे १० प ९८२६ नम्बरको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गरिएको छ ।

मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन् । उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : २२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।