साउनमा व्रत कसरी बस्ने ? के छ वैज्ञानिक फाइदा | Khabarhub Khabarhub

साउनमा व्रत कसरी बस्ने ? के छ वैज्ञानिक फाइदा


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउन महिनामा नारीहरुले हरियो चुरा, मेहन्दी लगाउने चलन बढेको छ । यस महिनालाई शिवको महिना पनि भनिन्छ ।

यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ ।

व्रत बस्ने बिभिन्न विधि र प्रकारहरु छन् । कोहि श्रावणको सोमबार मात्र व्रत बस्दछन् भने कोहि पुरा महिना व्रत बस्दछन् । व्रतका दिन कसैले निराहार बस्दछन् भने कोहि फलफूल वा मकैको भात खाने गर्दछन् । तर जे भएपनि व्रतका दिन अन्य दिन भन्दा शुद्ध र शाकाहारी मात्र खाने गरीन्छ ।

यस्ता छन्, व्रतका फाइदा
१. व्रत बस्दा खराब खानेकुरा अर्थात सडेको, गलेको, बासी, कुहिएको खानेकुरा खाइदैन ।
२. व्रतमा पचाउन गाह्रो हुने माछामासु खाइदैन जसका कारण स्वास्थ्य राम्रो रहन्छ ।
३. व्रत बस्नेले शुद्ध र ताजा खानेकुरा मात्र खाने भएकाले यसले शरीरलाई फाइदा पुर्याउँछ ।
४. व्रत बस्दा पाचनतन्त्रमा विश्राम पुग्नुको साथै अपच भएको पनि सफा हुन्छ ।
५. व्रतका क्रममा मानिस ध्यानमग्न हुने भएकाले मनस्थिीतिमा एकाग्रता आउँछ ।

अतः शरीरको विकार हटाउन र उर्जावान् बन्न पनि व्रतले फाइदा पुर्याउँछ । भगवानको आराधनामा ध्यान रहदाँ मानिसको विचलित मनमा शान्ती प्राप्त हुन्छ । व्रतले भगवान खुसी हुने मात्र होइन शरीर स्वस्थ्य, मन शुद्ध र सकारात्मक हुने गर्दछ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४९ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई