खुमलटार बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीको प्रस्ताव राम्रो उद्देश्यले आएन, उधारो सहमति मानिन्न « Khabarhub

खुमलटार बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीको प्रस्ताव राम्रो उद्देश्यले आएन, उधारो सहमति मानिन्न


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता र छलफलबारे खुमलटार बैठकमा ब्रिफिङ गरेका छन् ।

आज बिहानैदेखि प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा प्रचण्डले ओलीले विभिन्न अफर ल्याएर सबैलाई झुक्याउन खोजेको भन्दै उधारो सहमति नमान्ने बताएका छन् ।

खुमलटारमा उपस्थित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसँगको छलफलमा प्रचण्डले विभिन्न चरणमा ओलीसँग गरिएका वार्ताबारे जानकारी गराउँदै आफूहरुबीच साझा धारणा बनाएर अघि बढ्ने बताएको स्रोतले जनाएको छ ।

खुमलटार स्रोतले भन्यो, ‘प्रचण्डले नेताहरुसँग केपी ओलीसँग भएको छलफलको ब्रिफिङ गर्नुभएको छ । ब्रिफिङका क्रममा प्रचण्डले साझा धारणा बनाई अघि बढ्ने बताउनुभएको छ । ओलीको महाधिवेशनको प्रस्ताव सकारात्मक र राम्रो उद्देश्यले नआएको उहाँको भनाइ छ ।’

ओलीले सहमति नभएको विषयमा पनि सहमति भएको भन्ने प्रचार गरेको बताउँदै प्रचण्डले ‘आफ्नो सहमति रहेपनि सहमतिको प्रचार गरी आन्तरिक विभाजन ल्याउन खोजिएको’ आरोप लगाएको ती नेताले बताए ।

ओलीले सबैलाई अफर दिएर झुक्याइरहेकाले अब उधारो सहमति मान्न नसकिने प्रचण्डले बताएका थिए । उनले पार्टीभित्रको समस्या समाधानमा आफू लचक हुने र सबै पक्षलाई समेटेर लैजाने बताएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १ : ३४ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार