शाओमीको मी राउटर ४ सी नेपालमा « Khabarhub

शाओमीको मी राउटर ४ सी नेपालमा


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ ।

मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई-फाई एपबाट पहुँच गर्न सकिन्छ ।

प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४सी तपाईंको लागि उचित होम नेटवर्क कनेक्सन हो । यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४उच्च-लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसको साथै, ८०२.११एन वाई-फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३००एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो र्‍यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ । मी वाई-फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी नेपालमा गैर-स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं । देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केहि कमी देख्यौं । आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ ।”

मी राउटर ४सी रु २३९९ मुल्यमा आजदेखि सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : ११ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी