हामी कोरोनाको उच्च जोखिममै छौं- स्वास्थ्य मन्त्रालय « Khabarhub

हामी कोरोनाको उच्च जोखिममै छौं- स्वास्थ्य मन्त्रालय


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या कम भए पनि संक्रमणको अवस्था भने उच्च जोखिममै रहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले  विदेशबाट फर्कने सबैको पीसीआर परीक्षण गर्ने जानकारी दिए ।

नेपालमा कोरोनाको जोखिम रहेको भन्दै मन्त्रालयले विदेशबाट आउने सबैको परीक्षण गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हवाई मार्गमार्फत विमानस्थलबाट आउनेको हकमा ५ दिन होल्डिङ सेन्टरमा बसेपछि र भारतबाट आउनेको हकमा सम्बन्धित नाका तथा क्षेत्रमा रहेका क्वारेन्टाइनमा पीसीआर परीक्षण गर्ने निर्णय भएको हो।

‘विदेशबाट आउने सबैको परीक्षण गरेपछि मात्र स्थानिय तहमा पठाउने निर्णय भएको हो,’ स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा उनले भने।

उनले मन्त्रालयले परीक्षणको दायर विस्तार गरेको जानकारी दिए । परीक्षणका विषयमा भएका टिकाटिप्पणीप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

तथ्य र प्रमाणका आधारमा मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । जोखिम भएकाहरुको प्राथिमकताका आधारमा परीक्षण भइरहेको जानकारी दिए ।

छिमेकी देशमा संक्रमित बढिरहेको तथा विदेशबाट आउनेहरुहो संख्या जारी रहेकाले हामी उच्च जोखिममै रहेको उनले बताए । जोखिममा भएका सबैको पीसीआर परीक्षण गर्ने विषयमा मन्त्रालयले सुनिश्चितता गरेको समेत उनले बताए ।

 

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : ०३ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री