यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ८ जिल्ला  « Khabarhub

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ८ जिल्ला 


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख‍्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।

उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए ।

जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६.२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ४ : ३७ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको