बढी भाडा लिएर सिटभरि यात्रु, छैन सुरक्षा ! « Khabarhub

बढी भाडा लिएर सिटभरि यात्रु, छैन सुरक्षा !


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । शुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन ।

यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मङ्गले तामाङले गुनासो गरे ।

“बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर्ने काम भएकाले पछाडिपट्टिको सिटमा गएर बसेँ, डिल्लीबजारमा झर्ने बेलामा परिचालकले भाडा साबिककामा ५० प्रतिशतभन्दा बढी नै लिए तर यात्रु राख्न पाउने नियमको भने बेवास्ता गरे, मैले यात्रा गरेको दूरीमा कतै पनि सवारीमा अनुगमन भएको देखिनँ”, उनले भने ।

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ ।

दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ ।

विभागमा हालका लागि तोकिएभन्दा बढी यात्रु राख्न थालेको गुनासो आउन थालिसकेको महानिर्देशक गोगनबहादुर हमालले बताए । क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ ।

“सडकमा खटिने ट्राफिकले सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको अनुगमन गर्छन्, सार्वजनिक सवारीमा चढ्ने यात्रुले पनि आफू सँगैको सिटमा अर्को यात्रु बसेमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरेर जानकारी गराउन सक्छ, सिट क्षमताको आधामात्र यात्रु राख्नकै लागि ५० प्रतिशत भाडा बढाइएको हो”, उनले भने ।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ । सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ ।

विसं २०७५ फागुन मसान्तसम्म ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको विभागको वेभसाइटमा उल्लेख छ । जसमा बस ४९ हजार ३१८, मिनिबस/मिनिट्रक २५ हजार ५९५, माइक्रो सात हजार ६५८, टेम्पो ४५ हजार ६७२ दर्ता भएको छ ।

यसैगरी क्रेन/डोजर/एस्काभेटर/ट्रक ९० हजार ४११, कार/जिप/भ्यान दुई लाख ३७ हजार ६५८, पिक अप ५५ हजार ९७३, मोटरसाइकल २५ लाख ३० हजार ७२२, ट्रैक्टर पावरलेटर एक लाख ४३ हजार ९६२, ई रिक्सा २६ हजार ४६६ र अन्य सात हजार ६०७ दर्ता भएको जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : ३४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था