लेस्टरलाई पराजित गर्दै टोटनहम छैटौं स्थानमा उक्लियो « Khabarhub

लेस्टरलाई पराजित गर्दै टोटनहम छैटौं स्थानमा उक्लियो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपुरसँग लेस्टर सिटी पराजित भएको छ ।

आइताबार राति भएको खेलमा टोटेनहमले घरेलु मैदानमा लेस्टरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पाहुना टोलीका जेम्स जस्टीनले खेलको छैटौं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोली टोटेनहमलाई १–० गोलको अग्रता बनाउने अवसर दिएको थियो ।

शुरुवाती छैटौं मिनेटमा अग्रता लिएको टोटेनहमका लागि कप्तान ह्यारी केनले  दुई गोल थपे ।

केनले खेलको ३७ र ४० औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमै ३–० गोलको सहज स्थितिमा पुर्‍याएका थिए ।

पहिलो हाफमा ३–० गोलको अवस्थामा रहेको टोटेनहमविरुद्ध दोस्रो हाफमा सशक्त बनेको लेस्टरले गोल फर्काउन भने सकेन ।

यद्यपि दोस्रो हाफमा लेस्टरले रक्षात्मक खेल्दै गोलथप्ने अवसर पनि टोटेनहमलाई दिएन ।

जीतसँगै टोटेनहम ३७ खेलबाट ५८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पराजित लेस्टर भने समान ३७ खेलबाट ६२ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष