पीएसजी पहिलोपटक च्याम्पियन्सलिग फाइनलमा « Khabarhub

पीएसजी पहिलोपटक च्याम्पियन्सलिग फाइनलमा


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलमा आरबी लाइप्जिगलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले राम्रो नतिजासहित जीत निकाल्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग फाइनल पुगेको हो।

पीएसजीको जीतमा माक्युनहोस, एन्जल डि मारिया र जउन बर्नेटले समान एक एक गोल गरेका थिए।

खेलको १३ औं मिनेटमा मार्क्युनहोसले, ४२ मिनेटमा डि मारियाले गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए।

२-० को सन्तोषजनक नतिजासहित दोस्रो हाफमा मैदान उत्रिएको पीएसजीका लागि जउन बर्नेटले ५६ मिनेटमा गोल गर्दै टीमलाई जीत दिलाएका हुन्।

यसबीचमा लाइपजिगले गोल फर्काउने अवसर शृजना गरेपनि पीएसजीको रक्षापङ्ती बलियो भएपछि गोल गर्न सकेन।

अब फाइनलमा बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पीएसजीले उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ४५ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका