२४ घण्टाको अवधिमा अमेरिकामा ४३ हजार १०४ संक्रमित थपिए « Khabarhub

२४ घण्टाको अवधिमा अमेरिकामा ४३ हजार १०४ संक्रमित थपिए


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ ।

अहिलेसम्म अमेरिकामा १ लाख ७५ हजार १९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ७९ पुगेको छ ।

हालसम्म ३० लाख १० हजार ३८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९७४ जनाको अवस्था गम्भीर छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ हजार ३०३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार ४०८ पुगेको छ ।

हालसम्म विश्वभरका २ करोड २२ लाख ९४ हजार ३५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५० लाख ३७ हजार १६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमितमध्ये ६१ हजार ९४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : २८ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि