बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता « Khabarhub

बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ ।

गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिललासहित उनका १६ वर्षीया छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ताअघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : ५२ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले